बजारमा भाइमसलाको व्यापार बढ्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । तिहार नजिकिँदै गर्दा बजारमा भाइमसलाको व्यापार बढ्न थालेको छ । अहिले बजारमा भाइमसलाको व्यापार सामान्य बढे पनि तिहार शुरु हुने दिन आउँदो बुधवारदेखि भने किनमेल गर्नेको घुइँचो नै लाग्ने व्यापारीले बताएका छन् ।

यसपटक भाइ मसलाको मूल्य बढेको छ । खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान वज्रचार्यले थोक व्यापारीले मूल्य बढाएका कारण खुद्रामा पनि भाइमसलाको मूल्य बढेको बता्ए। मसलामा १५ देखि २० प्रतिशत मूल्य बढेको उनले जानकारी दिए। सबैभन्दा धेरै काजु र सुकमेलको मूल्य बढेको छ । नेपालमा उत्पादन नहुने भाइमसला तिहारका लागि भनेर विभिन्न देशबाट आयात हुने गरेको छ ।

नेपालमा भाइमसलाजन्य ड्राइ फ्रुट्स भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्यान्डलगायतका देशबाट आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको तीन महिनामा एक अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्