राष्ट्र बैंकमा चाँदीको सिक्का बिक्रीवितरण शुरु,सुनको असर्फी भोलि मात्रै पाइने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । चाँदीको स्मारिका तथा मेडालियन हिजोदेखि बिक्री शुरू भएको र पर्सि बुधवारसम्म किन्न पाइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । सुनको असर्फी भने भोलि एक दिन मात्रै किन्न पाइनेछ ।

महाशाखाका अनुसार १० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीको सिक्का बिक्री भइरहेको छ । १० ग्रामको चाँदी सिक्काको भाउ दुई हजार दुई सय रुपैयाँ, २५ ग्रामको पाँच हजार पाँच र ३५ ग्रामका आठ हजार चार सय रुपैयाँ तोकिएको छ । सुनको सिक्का दुई दशमलव पाँच ग्राम तौलको हुने राष्ट्र बैंकले जनाएको छ ।

भोलि बिहान ११ बजेदेखि दिउँसो चार बजेसम्म टक्सार महाशाखाबाट सिक्का बिक्री गर्ने राष्ट्र बैंकको तयारी छ । सुनको सिक्काको मूल्य भने भोलि नै निर्धारण हुनेछ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्