२२१ किलो गाँजासहित जनकपुरबाट एकजना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जनकपुरधामबाट प्रहरीले २२१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका(२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका(१४ स्थित चेकजाँचको क्रममा मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको हो । ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्