काठमाडौँँ । काठमाडौंको न्युरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोक क्षेत्रसम्म फुटपाथको बीचमा रहेका बिजुलीको पोल र तार हटाउने काम धमाधम भइरहेको छ। विद्युत र इन्टरनेट सेवाका तारहरुलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाएको हो ।
सबै तारहरू भूमिगत गरेर सेवा सञ्चालन गरेसँगै बिहीबार प्राधिकरणले तार र पोलहरू हटाउने काम अगाडि बढाएको नगर प्रहरी ईश्वर वाग्लेले जानकारी दिए। प्राधिकरणले ती क्षेत्रमा यसअघि नै विद्युतीय तार भूमीगत गरिसकेको छ। बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाइब्रेरी