दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका प्रसाईंलाई

गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्