घाउ ड्रेसिङ गर्ने बहानामा फार्मेसी सञ्चालकलाई बोलाएर हनिट्रयाप,तिन जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अनलाइनमार्फत ‘घाउ ड्रेसिङ गर्नुपर्ने छ’ भनेर बोलाएर भक्तपुरमा फार्मेसी सञ्चालकलाई हनिट्रयापमा पारिएको छ । भक्तपुरको राधेराधे नजिकै डेरामा बोलाएर उनीहरुले ३३ वर्षीय युवकलाई हनिट्रयापमा पारेर रकम असुलेका हुन् ।

हनिट्रयापमा पारेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम घर भएर नयाँथिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका घर भएर स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी र २५ वर्षीया वर्षा दर्जी छन् । पक्राउ परेका दीपेन्द्र र वर्षा दाजुबहिनी हुन् ।

रकम नदिएमा बलात्कार मुद्दामा फसाउँछौँ भनेर उनीहरू १८ लाखबाट बार्गेनिङ सुरु गरेर ८ लाख लेनदेन गर्ने सर्तमा सहमति गरेको भेटिएको छ । गिरोहमा संलग्न एक जना फरार छन् । हनिट्रयाप धन्दा सञ्चालन गर्न उनीहरूले भक्तपुरमा कोठा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्