काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन् । बुधवार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप रहेको बताए ।
उनले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताए । महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि उनले उल्लेख गरे । उनले महानिरीक्षक सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न पनि सरोकारवाला सबैलाई आव्हान गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्