जीतपुर–सिमरामा गठबन्धन र कलैयामा एमालेको अग्रता कायमै

Ad
  • कालोपाटी सम्बाददाता

बारा । बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको सुरुआती अग्रता कायम रहदै आएको छ । कलैया उपमहानगरमा भने नेकपा एमालेको अग्रता कायमै छ । जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नगर प्रमुखमा राजन पौडेलले ३ हजार ७०१, उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसको मेघा शाहीले ३ हजार ५२२ मत प्राप्त गरेका छन् ।

यस्तै एमालेको नगर प्रमुखमा सरस्वती चौधरीले २ हजार २७६ मत तथा उपप्रमुखमा एमालेकै भोला अधिकारीको २ हजार ४२० मत प्राप्त गरेका छन्  । यस्तै उपमहानगरको प्रमुखमा लोसपाका सञ्जय साह एक हजार २६८ तथा उपप्रमुममा लोसपाकै बिपी मोक्तानले उक हजार १७२ मत प्राप्त गरेका छन् । त्यस्तै प्रमुख राप्रपाका माधवप्रसाद त्रिपाठीले १३३, राप्रपाकै उपप्रमुखमा सुष्मा मिश्र १५५ मत ल्याएका हुन् ।

त्यसैगरी कलैया उपमहानगरमा एमालेका विनोद साहले प्रमुखमा एक हजार २९५, उप्रप्रमुखमा एमालकै रौसन प्रवीणले एक हजार १८ तथा गठबन्धनबाट कांग्रेसबाट प्रमुखमा राजेश राययादवले ७१७, गठबन्धनकै जसपाबाट उपप्रमुखमा प्रमोद गुप्ताले ७४० मत प्राप्त गरेका छन् । त्यस्तै लोसपाबाट प्रमुखका उम्मेदवार जयप्रकाश साहले ४२ तथा उपप्रमुखमा नासरिन नाजले ५८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्