चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका मेयर उम्मेदवार सुवेदी ७ मत अन्तरले अगाडि छन् । पछिल्लो परिणाम अनुसार सुवेदीले ४ हजार १४८ मत पाउँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ४ हजार १४१ मत पाएका छन् ।
नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७२१ मत पाएका छन् । उमपेयर तर्फ नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४ हजार ६७१ मत पाएका छन् । यसैगरी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ३ हजार ५५८ मत पाएकी छन् ।
भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तथा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्