जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धनबहादुर रावतले दुई हजार ५६२ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकली बुढा विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रीता खत्री पराजय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका आठस्थानीय तहमध्ये सबैभन्दा पहिलो मतगणना कनकासुन्दरीको भएको हो । स्थानीय तह २०७४ को निर्वाचनमा पनि उक्त पालिकामा कांग्रेस विजयी भएको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्