ताप्लेजुङ । ताप्लेजुङकमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरुले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्