नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्