काठमाडौं । समाजिक संजालमा मार्फत सेयर लगानीकर्ताहरुको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । किर्तिपुर बस्ने प्रकाश जोशीलाई ‘भालु ग्याङ्ग’ नामक ग्याङ्ग बनाएर सेयर लगानीकर्ताहरुको चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले आज पक्राउ गरेको हो ।
उनले भालु ग्याङ्ग नामक ग्रुप बनाएर सेयर बजार घट्छ भन्ने रटान लगाउंदै आएका थिए भने अरुको तस्विरसमेत पोष्ट गरी चरित्र हत्या गर्दै आएका थिए । उनलाई सामाजिक संजालमार्फत अरुको चरित्र हत्या गरी साइबर कसुर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध साइबर अपराधको मुद्धा चलाउने तयारी भईरहेको छ । सो ग्याङ्गले केहि समय यता विभिन्न व्यक्तिहरुको फोटो ग्रुपहरु पोष्ट गर्दै उनीहरुको चरित्र हत्या गर्दै आएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्