काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गरेका छन् । आज मन्त्रालयमा उक्त चलचित्र निर्माणका निर्देशक दिनेश डिसीसहितको टोलीलाई मन्त्री आलेले आफ्नो पाँच महिनाको तलब कर कट्टी गरी रु दुई लाख ८० हजार ९०० प्रदान गरेका हुन् ।
‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका बागलुङका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ । उक्त चलचित्र दलित महिला केन्द्र नेपालले निर्माण गर्ने तथा डिसीले निर्देशन गरेका हुन् । जातीय छुवाछूत अन्त्यका लागि भगत सर्वजित विश्वकर्माले गरेका आन्दोलन तथा कामलाई उक्त चलचित्रमा समावेश गरिने दलित महिला केन्द्रले जनाएको छ । उक्त चलचित्र निर्माणका लागि रु एक करोड २५ लाखको लागत लाग्ने अनुमान गरिएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्