गोकोर्णेश्वरमा शौचालयमा लडेर ४९ वर्षीय महिलाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा ४९ वर्षीय महिलाको शौचालयमा लडेर मृत्यु भएको छ । रामेछाम उमाकुन्ड गाउँपालिका ५ कि हाल काठमाडौं नगरपालिकाको वडानम्बर ४ स्थित जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएकी सुशीला खड्काको मृत्यु भएको हो ।

खड्का शनिबार राति साढे ८ बजे टहरोमै रहेको शौचालयमा लडेर बेहोस भएकी थिइन् । उनलाई बहिनी वर्षा सुनवारले बेहोस भएको देखी नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्