काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गरेका छन् ।शुक्रबार बिहान संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम एसपीपीका बारेमा बोल्दै रावलले परराष्ट्र मन्त्री नारायण खडकामार्फत सरकारलाई सो आग्रह गरेका हुन् । एसपीपीका बारेमा अलग्गै संसदीय छानबिन समिति बनाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने रावलले माग गरेका छन् ।
एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी आईपीएसकै अंक भएको भन्दै त्यसमा सहभागी हुन नहुने समेत बताए । ‘परराष्ट्र मन्त्रीले यो एसपीपी आईपीएसको अंग होइन, यसको च्याप्टर क्लोज भईसकेको त भन्नु भयो । तर, अमेरिकन मन्त्रालयको वेबसाइटमा भने हो भनेर उल्लेख छ, अमेरिकन वेबसाइट भन्दा यहाँ कोही प्रवक्ता हुन सक्छ ? अमेरिका कार्यक्रममा अमेरिका भन्दा जान्ने हामी को ? ’ रावलले प्रश्न गर्दै भने, ‘त्यसैले अमेरिकालाई पत्र पठाएर नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन, यो अस्वीकार्य छ भनेर पत्र लेख्नुहोस् ,जब तथ्य बाहिर आउँछ मान्छे डराउँछ’।