ताप्लेजुङ । गए राति ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङको तेम्फुमा गएको पहिरामा परी गम्भीर घाइते ३५ वर्षीय विष्णु अधिकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत घाइते अधिकारीको उद्धार गरी सदरमुकाम फुङ्लिङ ल्याई पुयाएको जिल्ला प्रहारी कार्यालयले जनाएको छ ।
पोखरेलले भने , “अहिले हेलिकप्टरमार्फत नेपाली सेनाको भीमकाली गुल्मको ब्यारेकमा ल्याएर जिल्ला अस्पतालका चिकित्सकले उपचार गर्दैछन्, थप उपचारका लागि विराटनगरको कोसी अस्पताल पठाउने तयारी भइरहेको छ ।” पहिरामा परी ५८ वर्षीया तुलसा अधिकारी र ३३ वर्षीया यशोदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कैलाश राईले जानकारी दिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्