‘नेपाल एसपिपीमा आबद्ध हुने कुनै सम्भावना छैन’ : परराष्ट्रमन्त्री खड्का

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल संयुक्तराज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ एसपिपीमा आबद्ध हुने कुनै सम्भावना नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सांसदका जिज्ञासा स्पष्ट पार्दै उनले एसपिपी नेपालको हितमा नरहेको र परिवर्तित सन्दर्भमा यो नेपाललाई स्वीकार्यसमेत नभएको प्रधानमन्त्री तहबाटै स्पष्ट जानकारी आइसकेको बताए ।

उनले भने , “एसपिपीका सम्बन्धमा नेपाली सेनालेसमेत स्पष्ट पारिसकेकाले यो बन्द भइसकेको विषय हो । अब यसमा पुनःखोतलेर छलफल गर्नु आवश्यक छैन ।” उनले नेपालको भौगोलिक अवस्थिति र छिमेकी मुलुकको संवेदनशीलतालाई समेत ध्यानमा राख्दै नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन नसक्ने बताए ।

मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकामा हुने भनिएको भ्रमणका सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासालाई स्पष्ट पार्दै प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारे । उनले भने , “मुलुकको कार्यकारी प्रमुख विदेश भ्रमणमा जानु स्वभाविक विषय हो, कुनै विषयलाई लिएर आशङ्का गर्दा तथा स्थगित हुनुपर्छ भन्दा हामीमा आत्मविश्वासको कमी रहेको र अन्तर्राष्ट्रिय जगतमा पनि नराम्रो सन्देश जान सक्छ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्