सर्लाहीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुरधाम । सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । कबिलासी नगरपालिका ८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको हो । उनको शव रगतले लतपतिएको अवस्थामा गाउँकै बाँस झाडी नजिक फेला परेको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । उनको हत्याको कारण खुल्न सकेका छैन ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्