काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ९४१ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक प्रहरीले एकैदिन उक्त संख्याको सवारी चालकलाई कारवाही गरेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुसार ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको हो ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक कारवाहीका परेका हुन् ।