रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले माग्यो कर्मचारी, साउन २२ गतेभित्र आवेदन पेश गर्न सकिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले ब्रान्च म्यानेजर, म्यानेजर सहित केहि संख्यामा बजार प्रतिनिधीको माग गरेको हो ।

कम्पनीले प्रदेश २ को बर्दिबास, लाहान, लालबन्दी तथा सिमराका लागि ब्रान्च म्यानेजरको माग गरेको छ, भने प्रदेश ३ का लागि चापागाउँ, किर्तिपुर, महाराजगञ्ज, फर्पिङ, सामाखुशी र सतुङ्गल शाखाको लागि पनि ब्रान्च म्यानेजरको माग गरेको छ । यसैगरी प्रदेश ४ मा १ जना प्रदेश ५ मा ३ जना, प्रदेश ६ मा ३ जना र प्रदेश ७ मा भने २ वटा शाखाको लागि ब्रान्च म्यानेजरको माग गरेको छ ।

ब्रान्च म्यानेजरको अलावा कम्पनीले प्रदेश ३, ५ र ७ मा गरी ६ जना बजार प्रतिनिधिको लागि विज्ञापन खुल्ला गरेको छ । इच्छुक एवम योग्यता पुगेका व्यक्तिलाई आफ्नो लागि पायक पर्ने स्थानमा यहि साउन २२ गतेभित्र आवेदन पेश गर्न सकिने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्