बुटवल । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन् । बुधबार बिहान साढे ५ बजे कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भएर सडक छेउँमा पल्टिंदा आगलागी भएको थियो ।
नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकका अनुसार आगलागीमा परेका मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइते ६ जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
डिएसपी पाठकका अनुसार बसमा ३१ जना सवार थिए । दुर्घटनामा परेको बस महाकाली यातायात प्रालिको हो । दुर्घटनामा घाइते भएकाहरु अधिकांश कैलाली र कञ्चनपुर जिल्लाका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्