काठमाडौं । रुपन्देहीमा स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । उत्तर प्रदेशको महाराजगंग जुगौलीका ४५ वर्षीय आशी साहु १२ लाख ५० हजार नगदसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले आइतबार दिउँसो साढे २ बजे लु६प ७१२९ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो । साहुको साथबाट एक हजार दरका ११ लाख, ५०० दरका एक लाख ५० हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
साहुलाई बरामद रकम र मोटरसाइकलसहित भन्सार कार्यालय बेलहिया पठाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्