बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो ।
यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियोे । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियोे ।
भोलि माघ ११ गते अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियोे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्