काठमाडौको कपनमा युवक-युवती मृत फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौंको कपनको  राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् ।। संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले बताएको छ ।

मृतकहरु फेला परेको कोठा केटाको ठूलीआमाको घर रहेको बुझिएको छ  । युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट छ ।

अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्