बुधबार ६३ दशमलव ९८ अंकले घट्रयो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बधबार ६३ दशमलव ९८ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक मंगलबार तुलनामा ६३ दशमलव ९८ अंकले घटेर २ हजार ५ सय ४६ दशमलव ६० विन्दुमा पुगेको हो । बुधबार २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोडमाथिको सेयर कारोबार भएको छ ।

यसैगरी बुधबारको सेयर बजारमा रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । यस अलावा सिभिल बैंक, स्वाभिमान लघुवित्त, एनआईबिएल प्रगति फण्ड र १२५ आइसिएफसि फाइनान्स लिमिटेड डिबिन्चर २०८३ का लगानीकर्ता पनि मालामाल भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्