शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल

Ad
  • कालोपाटी सम्बाददाता

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई साइकल वितरण अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए। उनका अनुसार, राप्ती सोनारीमा यसवर्ष एक हजार १७ छात्रालाई साईकल वितरण गर्ने योजना छ ।

“ यसवर्षबाट छात्रालाई साईकल वितरण गरेर यो कामको सुरुवात गरेका छौं, आगामी वर्षबाट छात्रले पनि पाउनु हुनेछ”, उनले भने । गाउँपालिकाले आईतवार वडा नं ९ स्थित गणेश माध्यमिक विद्यालयका ७८ छात्रालाई साईकल हस्तान्तरण गरेको छ । विद्यालयका कुल ९७ जना छात्रालाई साइकल वितरण गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्