काठमाडौं महानगरले गर्यो २५ अर्ब ४१ करोड ९६ लाखको बजेट सार्वजनिक, पूर्वाधार विकासका लागि ४९.५७% विनियोजन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९ र ८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको महानगरकी उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गर्दै बताएकी हुन् । यो कुल बजेटको २० प्रतिशत हो ।

त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ । सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ ।

काठमाडौं महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो । चालू आवमा भन्दा आगमी आर्थिक वर्षमा करिब ७ अर्ब धेरै बजेट ल्याएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्