गौरीशंकर गाउँपालिकाद्धारा ५६ करोड ९८ लाख बजेट सार्वजनिक, पुर्वाधार विकासलाई १० करोड बराबरको बजेट विनियोजन

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ५६ करोड ९८ लाख बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङले शुक्रबार आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।  गाउँपालिकाले पुर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेर पालिकातर्फबाट ५ करोड ८१ हजार र वडागततर्फ ५ करोड १० लाख बजेट विनियोजन भएको छ ।

शिक्षा र खेलकुदतर्फ २ करोड ५० लाख, कृषि तथा पशुपंक्षि विकास तर्फ १ करोड, विपद व्यवस्थापन कोषका लागि ६० लाख र स्वास्थ्यमा ८० लाख बजेट विनियोजन गरेको हो । त्यस्तै संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान वापत १२ करोड २ लाख, प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदानतर्फ ३ करोड १३ लाख ५० हजार, सवारी साधन कर राजस्व बाँडफाँड प्रदेश सरकारबाट २ करोड ४४ लाख ६८ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँड बापत १० करोड २३ लाख ६३ हजार प्राप्त हुने जानकारी दिए ।

यस्तै गाउँपालिकाको आन्तरिक आम्दानी ३० लाख , संघीय सरकारबाट ससर्त अनुदान बापत २२ करोड ९६ लाख, संघीय सरकारबाट विशेष अनुदान २ करोड, समपुरक अनुदान ७० लाख प्राप्त हुनेछ यसैगरी प्रदेश समपुर अनुदान २ करोड र प्रदेश ससर्त अनुदान वापत २ करोड १८ लाख १७ हजार बजेट प्राप्त हुने गाउँपालिकाको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्