शुक्रबार तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले आज सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

समितिका अनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २ सय २० रुपैयाँ र कालो अंगुर ३ सय २० रुपैयाँ, अनार ३ सय रुपैयाँ किवी २ सय ५० रुपैयाँ, आभोकाडो २ सय ५० रुपैयाँ पर्दछ भने अमला ८० र अम्बा १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, अदुवा १ सय ४० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, रातो भारतीय आलु ३० रुपैयाँ रहेको छ भने स्थानीय काउली १५ रुपैयाँ, कागती १ सय २० रुपैयाँ, सुकेको खुर्सानी ४ सय ८० रुपैयाँ, हरियो खुर्सानी ८० रुपैयाँ, अकबरे हरियो खुर्सानी ४ सय रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

यसैगरी, शुक्रबार लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ४० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ र हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, तोरीको साग ४० रुपैयाँ र रायो साग ३० रुपैयाँ छ भने चमसूर, पालूगो मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

तराई परवर ८० रुपैयाँ, गुन्द्रुक २ सय ५० रुपैयाँ, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदीना २ सय २० रुपैयाँ केजी कायम गरिएको छ । ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २ सय ५० रुपैयाँ छ भने हरियो लसुन १ सय २० र नेपाली सुकेको लसुन २ सय ६० रुपैयाँ पर्दछ । डल्ले भान्टा ४० रुपैयाँ र हरियो धनियाँ १ सय रुपैयाँ पाइने समितले जनाएको छ । ताजा छडी माछा २ सय ४० रुपैयाँ र बचुवा माछा २ सय ६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३ सय ६० रुपैयाँ र मंगुरी माछा ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्