सुनचाँदीको मूल्य शुक्रबार स्थिर रह्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य स्थिर रहेको हो ।

बिहीबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य १ लाख २ हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्