राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार तनहुँमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार गृहजिल्ला तनहुँ पुगेका छन् । तनहुँ भानु नगरपालिका-७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका छन् । उनी  दोस्रो पटक गृहजिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि गएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्