राष्ट्रियसभा निर्वाचन: आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सदस्यका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन गर्ने भएको छ । अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने भएको हो ।

पुस २० गते प्रारम्भिक नामावली निकालेको आयोगले हिजोका लागि मतदाता नामावलीमा दाबी, विरोध तथा कुनै त्रुटी भए सच्याउन समय दिए पछि आइतबार अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । आयोगका अनुसार सोमबार उम्मेदवारको मनोनयन दर्ता बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजुरी भए पुस २४ गते उजुरी दिन सकिनेछ ।

यस्तै, उम्मेदवारको मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा पुस २७ गतेको दिन तोकिएको छ । आयोगले सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

आयोगको निर्वाचन तालिकाअनुसार पुस २८ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । त्यसैगरी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्