नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकृत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूको लागि  ३ करोड कित्ता सेयर र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ७ करोड कित्ता सेयर गरी उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो । नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम १ सय ३ रूपैयाँ ७ पैसादेखि ३ सय ९ रूपैयाँ २१ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ ।

सोही रेञ्जमा रहेर सोमबारदेखि कम्पनीको सेयर कारोबार खुल्ला हुनेछ । नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ । कम्पनीको ‘एचआरएल’ संकेतमा सेयर कारोबार खुल्ला हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्