केकमा गाँजा मिसाएर बेचेको आरोपमा १ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । केकमा गाँजा मिसाएर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोले गत शुक्रबार काठमाडौँ महानगरपालिका-१९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले घट्टेकुलोबाट पक्राउ गरेको एसपी चक्रराज जोशीले जानकारी दिएका छन् । इन्स्टाग्राम bamb.oong_nepal नामको अकाउन्ट बनाएर गाँजा मिसाएर मफिन लगायत केक बनाएर बिक्री गरिरहेको भन्ने सूचना व्युरोले पाएको थियो । सो सूचनापछि प्रहरी उनको कोठामा पुगेको थियो । त्यहाँबाट प्रहरीले गाँजाको १ सय २१ ग्राम धुलो, तयारी अवस्थाको केकको १ सय ७८ ग्राम झोल, ३ किलो ७ सय ५४ ग्राम गाँजा, एउटा डिजिटल तराजु, एउटा ओभन, एटिएम, लगायत बरामद गरेको छ ।

पक्राउ परेका विशनले आफ्नो घरमा एक वर्षदेखि गाँजा मिसावट गरिएका केक बनाएर अनलाइन डेलिभरी गर्ने गरेको एसपी जोशीले बताएका छन् । उनको इन्स्टाग्राम पेजमा ६ सय १४ जना फलोअर्स रहेका छन् । अनुसन्धानको क्रममा उनले गाँजाको केकको मेनु नै बनाएको पनि खुलेको छ । द इपिपहेन्सी ब्रेड, ह्यापी कप्स, बज लाइटीयर, न्यास्टी क्यान्डी लगायत नामका केकहरू बनाएर बेच्ने गरेको पाइएको हो । यसरी उनले केक बनाएर इनड्राइभमार्फत बेच्ने गरेको पनि प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्