प्रधानमन्त्री कप क्रिकेट: एपिएफद्वारा बागमतीलाई २ सय ४२ रनको लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २ सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४१ रनको योगदान बनाएको हो ।

एपिएफका लागि सन्दीप जोराले १ सय ३ बलमा शतक पूरा गरेका छन् । सन्दीपले १ सय १७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै १ सय १२ रनको योगदान दिएका छन् । लोकेश बमले २७ रन जोडे भने अमर रौतेलाले २२ रन बनाएका हुन् । आसिफ शेखले १५ रन बनाए । प्रज्वल शाही र भुवन कार्कीले समान १०-१० रन बनाएका छन् । बागमती प्रदेश शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो ।

एपिएफको भने आइतबार नै पहिलो खेल हो । बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र रिजन ढकालले समान एक-एक विकेट लिएका छन् । सोनु देवकोटाले एक विकेट लिएका छन् । बागमती प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्