माघ १५ गतेदेखि त्रिविले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गरेको छ । त्रिविको मंगलबार बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अनलाइन प्रणालीमार्फत बल्खु अफिस धाउन नपर्ने गरि त्रिविले उक्त सुबिधा दिन लागेको हो । विश्वविद्यालयले माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने व्यवस्था गरेको छ ।  यसबारे विस्तृत जानकारी माघ १० गते https://www.tuexam.edu.np/ मा प्रविष्ट गरिने त्रिविको सुचनामा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्