हाल उठिरहेको पहिचानको विषय पनि समाधान हुन्छ: कृष्णप्रसाद सिटौला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताएका छन् । यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा बुधबार भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रियसभाको निर्वाभन पश्चात् यस विषयमा छलफल हुने बताएका छन् । ‘यति ठुलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो । पहिचानको विषयमा समाधान खोज्नका लागि आपसी समझदारी र छलफल आवश्यक छ’, सिटौलाले भने, ‘माघ ११ गतेको निर्वाचन पश्चात् राष्ट्रियसभाले पूर्णता पाउने छ । पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्ने छौँ ।’ उनले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेतालाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह गरेका छन् ।

नेता सिटौलाले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिनुस् । राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकामा उनले जोड दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्