बुधबार नेप्से परिसूचक १९.१० अंकले घटेर २१६३.०६ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेप्से परिसूचक बुधबार घटेको छ । बुधबार नेप्से परिसूचक १९.१० अंकले घटेर २१६३.०६ बिन्दुमा पुगेको हो ।

सेयर बजारमा आज सर्वाधिक कारोबार भएको छ । नेप्सेमा कुल ३ सय कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको ६५ करोड ८४ लाख ९० हजार २ सय ८५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यसैगरी सेयर बजारमा इष्टर्न हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्