कारोबारको अन्तिम दिन ७.२४ अंकले घट्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल २ सय ९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १७ करोड ४९ लाखमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३ सय २८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा रिडी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यसैगरी सेयर बजारमा तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्