१५ लाख रुपैयाँ घुसहित पक्राउ परेका वडाध्यक्ष बादे पदबाट निलम्बन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे निलम्बनमा परेका छन् । १५ लाख रुपैयाँ घुसहित पक्राउ परेका बादेलाई आइतबार बसेको नगर कार्यपालिकाको बैठकले पदबाट निलम्बन गरेको हो ।

बादे नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अख्तियारको टोलीले वडाध्यक्ष बादेलाई १५ लाख रुपैयाँ घुससहित माघ ३ गते भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर चोकबाट नियन्त्रणमा लिएको हो ।

घुससहित पक्राउ परेपछि बादेलाई अध्यक्ष पदबाट निलम्बन गरिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्