कारोबारको पहिलो दिन २५.६३ अंकले घट्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ८ कम्पनीको २ करोड २८ लाख २० हजार २ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६७ करोड ७७ लाखमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । सो कम्पनीको ५६ करोड ७९ लाख १० हजार २ सय ४१ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आज सेयर बजारमा सबैभन्दा बढी नाफा अङ्खु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यसैगरी सेयर बजारमा सिइडिबि हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्