इस्तानबुलको चर्चमा भएको सशस्त्र आक्रमणमा १ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । इस्तानबुलको चर्चमा भएको सशस्त्र आक्रमणमा १ जनाको मृत्यु भएको छ । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा एक जनाको मृत्यु भएको हो ।

टर्कीका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे अनुसार दुई जना मुखौटा लगाएका व्यक्तिले शहरको युरोपेलीतर्फको सरियर जिल्लाको सान्ता मारिया चर्चमा आक्रमण गरेका थिए । सो आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

यस घटनाबारे अनुसन्धान थालिएको टर्कीका मन्त्रीले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्