प्रतिनिधिसभा सदस्य नेम्बाङ अकस्मात बिरामी, उपचारका लागि काठमाडौँ ल्याउँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ ल्याउँदै छन् । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ गएका उनी अचानक बिरामी परेका हुन् ।

सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ ल्याउने तयारी भएको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिएका छन् । जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले जनाएका छन् ।

पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन् । उनी बुधबार बिहान फिदिमबाट ताप्लेजुङ पुगेका थिए । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उहाँलाई जिल्ला अस्पताल लगिएको थियो ।

जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्बाङ फुङलिङ आएका अध्यक्ष थेबेले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्