२ सय रुपैयाँले घट्यो बिहीबार सुनको मूल्य, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौं दिन (आज) बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले घटेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १५ हजार १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १० हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११७४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्