कारोबारको अन्तिम दिन १४.४६ घट्यो नेप्से परिसूचक, ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ५ कम्पनीको १ करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सयमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको २२ करोड ८५ लाख ७६ हजार २ सय ६७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी बोट्लर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा माइलुङखोला जलविद्युत कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ५.७० प्रतिशलले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्