सुझाव समेटेर अध्यक्ष दाहालद्वारा संश्लेषित विधान प्रस्तुत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका छन् । माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट उनले सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका हुन् ।

सो छलफल सकिएपछि पार्टीको पदाधिकारी बैठक बसेका हुन् । बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्नेमा विश्वास व्यक्त गरेका छन् । विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचार अझ बढी केन्द्रित र संश्लेषित हुने जनाएका छन् । उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौंदामाथि २० समूहबाट सुझाव सङ्कलन गरिएको थियो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ समूहबाट र बिहीबार सात टोलीबाट सुझाव प्रस्तुत गरिएको थियो । आज विधानमाथि सुझाव प्रस्तुत गर्दै कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी समूहबाट खसआर्यलाई हटाउनुपर्नेलगायतका सुझाव प्रस्तुत गरेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्