सोमबारको मौसम पूर्वानुमान !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । सोमबार सूर्यास्त साँझ ६ बजेर २ मिनेटमा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्