सोमबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले घटेर १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी तेजावी सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १४ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ९ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्