१४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक पक्राउ !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सुन तस्करी प्रकरणमा कलेजको सञ्चालकलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई सोमबार पक्राउ गरेको हो ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेको हो । सो पश्चात् गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनका अनुसार दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी सोमबार पक्राउ परेका हुन् । गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्